एकल महिला समूहको सार्वजनिक सुनुवाइ, आफूले भोगेका समस्या सुनाए

नेपालभ्युज

एकल महिला समूहको सार्वजनिक सुनुवाइ, आफूले भोगेका समस्या सुनाए

काठमाडौं। एकल महिलाको सामाजिक आर्थिक सशक्तीकरणमा स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन मानव अधिकारका लागि एकल महिला समूहले सार्वजनिक सुनुवाइ गरेको छ।

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज (शुक्रबार) ‘आजको समाजिक न्याय र लैगिंक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित एकल महिला समूहले कार्यक्रम गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाका उपमेयर रमा राईको आतिथ्यमा सञ्चालित कार्यक्रममा नगरपालिकामा रहेका महिलाले आफूले भोगेका समस्या र यसको समाधानमा वडाको सहयोगको अपेक्षासमेत राखेका थिए।

कार्यक्रममा उपस्थित अधिकांश महिलाले आफूहरूले नागरिकता नभएका कारण श्रीमानको अंश लिन नपाएको भन्दै नागरिकताको लागि सम्बन्धित वडाले सहयोग गरिदिन अनुरोध गरेका थिए।

एकल महिलालाई समाजले हेर्ने दिष्टिकोण अझै संकुचित भएका कारण महिलाले परिवारबाटै अनेकौं लान्छना र शारीरिक मानसिक याताना भोग्नुपरेको तीतो वास्तवकिता पनि त्यहाँ राखेका थिए।

महिलाहरूको गुनासो सुनिसकेपछि उपमेयर राईले महिलाहरूले आफ्नो अधिकारका लागि नगरपालिकामा रहेको न्यायिक समितिमा लिखित उजुरी दिन अनुरोध गरिन्।

यसैगरी बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का वडाध्यक्ष वसनारायण महर्जन तथा वडा न. ६ का वडाअध्यक्ष नवीन केसीले नगरपालिकामा बसोबास गर्ने महिलाको आर्थिक सशक्तीकरणका लागि आफूहरूले विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गरेको जानकारी गराए।

एकल महिला समूहमा संगठित भएपछि परिवार आफन्त र छिमेकिले समेत हेप्न नसकेको भन्दै केही महिलाले एकल महिला समूहलाई धन्यवाद दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved