काठमाडौं । श्रीलंकन टुरमा रहेको नेपाललाई श्रीलंकन संयुक्त ११ ले २३३ रनको लक्ष्य दिएको छ। अधिकांश श्रीलंकन राष्ट्रिय टिमका पूर्वखेलाडी रहेको संयुक्त ११ लाई अन्तिम १० बल खेल्नुअघि २३२ रनमा अलआउट गर्यो।
टस जितेर ब्याटिङ गरेको श्रीलंकन टिमका लागि ओपनर ओयराकोडी र मुना ओयराले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए। यी दुईको विकेट झरेपछि भने श्रीलंकन टिमले सम्हालिएर ब्याटिङ गर्न सकेन। त्यसबाहेक अनुक फर्नाण्डोले सर्वाधिका ५६ रनको योगदान दिए।
विश्वकप विजेता अलराउण्डर तथा पूर्वकप्तान थिसरा परेर तथा पूर्वओपरा उपल थरंगा भने नेपाली बलिङसामु चल्न सकेनन्। परेराले मात्र ८ रन जोड्दा थरंगाले ३ रन जोडे।
बलिङतर्फ नेपालका लागि सागर ढकालले ९ ओभरमा मात्र २१ रन खर्चिएर ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले पनि ३ विकेट लिँदा सोमपाल कामीले २ तथा आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १/१ विकेट लिए। नेपालका लागि बलिङमा सन्दीप नै सबैभन्दा महँगा साबित भए। उनले ९.२ ओभर बलिङ गर्दा ६१ रन खर्चिए।
यसअघिका श्रीलंकन नेभीसँगको दुई खेल र पुलिससँगको १ खेल नेपालले जितेको थियो।