कर्णाली उत्सवको तेस्रो संस्करण आजबाट शुरु हुँदै

सुर्खेत वीरेन्द्रनगरको बुलबुले उद्यानमा हुने उत्सव तीन दिनसम्म चल्नेछ।

नेपालभ्युज

कर्णाली उत्सवको तेस्रो संस्करण आजबाट शुरु हुँदै

सुर्खेत। कर्णाली उत्सव (कुडा कर्नालीका) को तेस्रो संस्करण आज शुक्रबार (२७ फागुन)बाट शुरु हुने भएको छ। सुर्खेत वीरेन्द्रनगरकोे बुलबुले उद्यानमा हुने उत्सव तीन दिनसम्म चल्नेछ।

उत्सवमा पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रो ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौँमा ‘झरो–उजेलोको खरो’, छैटौँमा ‘कर्णाली भेरी तीरै तीर भविष्यको पीर’ सातौँमा ‘रैबार र रैला’, आठौँमा ‘शून्य समय’, नवौँमा ‘वाद विवाद र संवाद’, दशौँमा ‘विकासको बाटो’, एघारौँमा ‘उमेरको उमङ्ग’ र बाह्रौँमा ‘कर्णाली चिन्तन (दिगो विकास र कर्णाली)’ शीर्षकमा सत्रहरू सञ्चालन गरिने आयोजक ऋती फाउन्डेसनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले बताए।

पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’ मा गङ्गा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा, दोस्रो सत्रमा ‘बजार विकास र हजार निकास’ सत्रमा रेवती गुरुङ, वसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी तथा तेस्रो सत्रमा ‘आरन, अन्वेषण र आविष्कार’मा महावीर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे रहनेछन्।

यसैगरी चौथो सत्र ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह, पाचौं सत्रमा ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता रहनेछन् भने ‘कर्णाली भेरी तीरै तीर भविष्यको पीर’ सत्रमा डा. सुदीप ठकुरी, डा. राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की वक्ता रहेका छन्।

‘रैबार र रैला’ सत्रमा डा. वैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइराला, ‘शून्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरू देवी ओली, दानसिंह परियार र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी वक्ताका रूपमा रहने जानकारी आयोजकले दिएको छ।

यस्तै ‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा काँग्रेस महामन्त्री गगन थापा र शहरी विकास मन्त्री रामकुमारी झाँक्री, ‘विकासको बाटो’ सत्रमा डा. विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी, ‘उमेरको उमङ्ग’ सत्रमा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्टराई, कर्णाली उत्सवभर तीन वटा पैकलो (आत्मकथा), कविता साँझ र गजल महाफिल पनि सञ्चालन गरिने आयोजक समिति सदस्य तिलक पौडेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved