युक्रेन युद्धका १५ दिन

मारीपोल शहरमा प्रत्येक घण्टामा दुईपटक रुसको आक्रमण, ४ लाख जनता फसे

नेपालभ्युज

मारीपोल शहरमा प्रत्येक घण्टामा दुईपटक रुसको आक्रमण, ४ लाख जनता फसे

एजेन्सी । युक्रेनको मारीपोल शहरका मेयर भद्यम ब्वाईचेन्कोले प्रत्येक घण्टामा दुईपटक रुसी सेनाले आक्रमण गरिरहेको बताएका छन्। उनले आफ्नो शहरका ४ लाख मानिसहरू यो युद्धको चपेटामा दुई दिनदेखि फसेको बताए। यो युक्रेनको बन्दरगाह शहर हो।

‘‘हरेक ३० मिनेटमा युद्ध विमानहरू मारीपोल शहरको आकाशमाथि आउँछन् र आवसिय क्षेत्रमा सर्वसाधारणलाई मार्छन्। वृद्धवृद्धा, महिला र बालबालिका यसको मार छन्,’’ रुसी बर्बरताबारे उनले भने।

रुसले युक्रेनमा आक्रमण गरेको आज १५ दिन पुगेको छ। युक्रेनी सेना तथा सर्वसाधारण प्रत्याक्रमणमा उत्रिएपछि यहाँको अवस्था पछिल्लो समय निकै बिग्रिएको छ।

रूसले नियन्त्रणमा लिएको चेर्नोवाइल आणविक पावर स्टेशनसँग पनि युक्रेन सरकारको सम्पर्क टुटिसकेको छ, यसबारे युक्रेनले संयुक्त राष्ट्रसंघको आणविक पर्यवेक्षक निकायलाई जानकारी दिइसकेको छ।

अहिलेसम्म ४ लाखभन्दा धेरै मानिसलाई युक्रेनबाट बाहिर पठाइएको गृहमन्त्री डेन्स मोनासस्टास्र्काइ जनाएका छन्। यसबाहेक ठूलो संख्यामा सर्वसाधारणहरू सीमा नाघेर पोल्यान्ड, फिनल्यान्डलगायत देश गएका छन्।

रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा उच्चस्तरीय वार्ता पनि चलिरहेको छ। तर अहिलेसम्म युद्धविरामबारे कुनै सहमति भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved