योगीले यूपी जितेपछि ट्रोलको शिकार भए कमाल खान

नेपाल भ्युज

योगीले यूपी जितेपछि ट्रोलको शिकार भए कमाल खान

एजेन्सी । कलाकार कमाल राशिद खानले भर्खरैमात्र सोशल मिडियामार्फत यूपी चुनावमा योगी आदित्यनाथको हार हुने भविष्यवाणी गरेका थिए। आदित्यनाथ नहारे आफू कहिल्यै भारत नफर्कने घोषणा उनले गरेका थिए।

चुनावी नतिजा योगीको पक्षमा आएपछि अहिले कमाल राशिद ट्रोलको शिकार भएका छन्। सामाजिक सञ्‍जालमा प्रयोगकर्ताहरूले उनको मजाक गरेका हुन्। बिग बोसका एक प्रतिस्पर्धीले  लेखेका छन्,” यूपीमा के भयो हा हा हा ?”

अर्का एक प्रयोगकर्ताले लेखेका छन्,”के अब भारत छोड्ने हो ?”

कमाल राशिद खान पनि यू-टर्न भइसकेका छन्। उनले आफूले सांकेतिक विरोध देखाउनका लागि यस्तो लेखेको स्पष्टीकरण देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved