प्रदेश प्रमुख परियारद्वारा विधेयक प्रमाणीकरण

नेपाल भ्युज

प्रदेश प्रमुख परियारद्वारा विधेयक प्रमाणीकरण

सुर्खेत। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आव २०७८\०७९ को सेवा र कार्यका लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुखको कार्यालयमा बुधबार साँझ ७ः३० बजे पठाएको थियो।

प्रदेशसभा सचिवालयबाट प्राप्त दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम आज प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको सूचना प्रेस विज्ञप्तिमार्फत जानकारी गरिएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved