श्रीलंकन पुलिसलाई खेल जित्न नेपालले दियो ३ सय ३२ रनको लक्ष्य

नेपालभ्युज

श्रीलंकन पुलिसलाई खेल जित्न नेपालले दियो ३ सय ३२ रनको लक्ष्य

काठमाडौं । श्रीलंका भ्रमण रहेको नेपाली क्रिकेटले श्रीलंकन पुलिससँग आज उत्कृष्ट ब्याटिङ गर्दै ३ सय ३१ रनको योगफल तयार गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालबाट दुबै ओपनर कुशल मल्ल र आशिफ शेखले अर्धशतक प्रहार गरे। कुशलले ५७ र आशिफले ५२ रन बनाए । त्यसपछि रोहितकुमार पौडेलले नेपालका लागि सर्वाधिक ७२ रनको योगदान दिए।

त्यस्तै, आरिफ शेखले ३५ रन जोडे। ४५ ओभरसम्म ७ विकेट गुमाएर २ सय ६१ रन जोडेको नेपालका लागि तल्लो क्रमका ब्याटस्म्यानद्वय करण केसी र कमलसिंह ऐरीले आक्रामक ब्याटिङ गरे।

अन्तिम ५ ओभरमा यी दुईले ७० रन जोडेका थिए । करण केसीले अविजित ५३ र कमल सिंह ऐरीले अविजित ४५ रनको योगदान गर्दा नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३१ रनको रनको विशाल स्कोर खडा गरेको छ।

चैत पहिलो सातादेखि युएईमा आयोजना हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुको तयारीका लागि नेपाली टिम अहिले श्रीलंका भ्रमणमा छ।

अघिल्लो दुई खेलमा श्रीलंकन नेभीलाई क्रमशः १ सय ११ रन  ८२ रनले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved