उत्तर प्रदेशमा बीजेपी पहिलेभन्दा केही कमजोर, कांग्रेसको पत्तासाफ

सोनिया गान्धीको गढ रहेको रायबरेलीमा कांग्रेस तेस्रो नम्बरमा छ। यहाँ भाजपाकी अदिति अग्रस्थानमा छिन्।

नेपालभ्युज

उत्तर प्रदेशमा बीजेपी पहिलेभन्दा केही कमजोर, कांग्रेसको पत्तासाफ

उत्तर प्रदेशमा मतगणना भएको दुई घन्टाभित्र भाजपाले दुई सय ५० सिटमा अग्रता लिइरहेको छ।

तर, मुख्यमन्त्री आदित्यनाथ योगीले पछिल्लो पटकको प्रदर्शन दोहोर्‍याउन नसक्ने देखिएको छ। पछिल्लो पटक भाजपाले यहाँ ३ सय १२ सिट जितेको थियो। यस हिसाबले भाजपाले यहाँ करिब ५० सिटभन्दा बढी गुमाउने देखिन्छ।

अखिलेश यादवले त्यसको फाइदा उठाइरहेका छन्। समाजवादी पार्टीले ६० भन्दा बढी सिटको फाइदा उठाइरहेको छ। सबैभन्दा खराब अवस्था बहुजन समाज पार्टी र कांग्रेसको छ। जसले अहिलेसम्म १० सिटमा पनि अग्रता बनाउन सकेका छैनन्।

सोनिया गान्धीको गढ रहेको रायबरेलीमा कांग्रेस तेस्रो नम्बरमा छ। यहाँ भाजपाकी अदिति अग्रस्थानमा छिन्।

गोरखपुरमा योगी र अखिलेश अगाडि छन्, तर चुनावअघि अखिलेशसँग सामेल भएका स्वामी प्रसाद फाजिल यहाँ १० हजार मतले पछाडि परेका भाष्करले लेखेको छ। योगीका उपमुख्यमन्त्री केशवप्रसाद मौर्य पनि सिरथुमा पछाडि छन्।

यूपीमा ३७ वर्षसम्म कुनै पनि दलको सरकार दोहोरिएन, ४ थप राज्यमा उस्तै

३७ वर्षमा कुनै पनि पार्टीले लगातार दोस्रो पटक यूपीमा सरकार बनाउन सकेका छैनन्। सन् १९८५ मा कांग्रेसले यहाँ लगातार दोस्रो पटक चुनाव जितेको थियो। यो सरकारको कार्यकाल सकिएपछि अर्को १९ वर्षका लागि प्रदेशमा त्रिशंकु सभा भएको थियो।

सन् २००७ देखि हरेक ५ वर्षपछि सरकार परिवर्तन हुँदै आएको छ। पहिले मायावती, त्यसपछि अखिलेश र त्यसपछि योगी मुख्यमन्त्री भएका छन्। यसपटक पनि भाजपाको सरकार बनेको देखिन्छ। यो उत्तर प्रदेशमा ३७ वर्षमा पहिलो पटक हुनेछ। देशमा कर्नाटक, उत्तराखण्ड, हिमाञ्चल र राजस्थानमा पनि लामो समयदेखि यस्तै चलन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved