सेतीबगर-सराङ्कोट केबलकार पाँच दिनका लागि बन्द

नेपालभ्युज

सेतीबगर-सराङ्कोट केबलकार पाँच दिनका लागि बन्द

पोखरा। पोखराको पहिलो अन्नपूर्ण केबलकार बुधबारदेखि बन्द भएको छ। पोखराको सेतीबगरदेखि सराङ्कोट जाने अन्नपूर्ण केबलकार २५ देखि ३० फागुनसम्म बन्द हुने कम्पनीले जनाएको छ।

नियमित मर्मतसम्भार गर्नका लागि केबलकार बन्द गर्न लागिएको हो। केबलकार १ चैतदेखि पुन: नियमित सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

केबलकार ६ फागुनदेखि नियमित सञ्चालनमा आएको थियो। केबलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट ९दुई किमि दूरी० पुग्न नौ मिनेटमात्रै लाग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved