काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ५०० ले घटेको छ। सुनचाँदी बजारमा आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ५०० मा कारोबार भइरहेको छश्र
बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ले घटेर एक हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ।
Facebook Comment
Comment