खोटाङमा छिमेकीको गोरुले हान्दा एक जनाको मृत्यु्

नेपाल भ्युज

खोटाङमा छिमेकीको गोरुले हान्दा एक जनाको मृत्यु्

काठमाडौं : खोटाङमा गोरुले हान्दा एक पुरुषको मृत्यु भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको हो।

उनलाई बुधबार बिहान गोरुले हानेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि दिक्तेल लगिएको थियो। तर उपचार क्रममा उनको निधन भएको हो। उनी शारीरिक रूपमा अपांग थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved