विश्वजितेका तीन खेलाडीका वियोगान्त कथा

विश्वजितेका तीन खेलाडीका वियोगान्त कथा

काठमाडौं। हुन त कुनै पनि व्यक्तिको निधन कसैलाई पनि आफैमा स्वभाविक लाग्दैन। अझ कसैको निधन असामयिक हुन्छ भने त्यो स्वतः अस्वभाविक हुन्छ। झन कुनै पनि विश्व प्रख्यात खेलाडीको अकालमा नै देहवसान भयो भने त्यो समाचारले विश्व खेलकुदलाई नै स्तब्ध बनाउँछ।

एक आम खेलकुद समर्थकले विश्व स्टार खेलाडीलाई भगवानसरह लिन्छन्। तर ती खेलाडीहरू पनि आम मानिस नै हुन्, जसको पनि नियतिसँग केही चल्दैन।

शेर्न वार्न

गतसाता विश्व खेलकुदले यस्तै एउटा दुःखद् समाचार सुन्न पर्‍यो। क्रिकेटका एक महान् हस्ती सेन वार्नको अकालमा नै निधनको समाचारले क्रिकेट जगत नै आश्चर्य चकित बनेको थियो।

सेर्न वार्नको निधनको खबर आउनु भन्दा करिब १२ घण्टा अगाडिसम्म मात्र उनी आफै अर्का अष्ट्रेलियन क्रिकेटर रोड मार्सको निधनबारे संवेदनात्मक टुइट गरिरहेका थिए। त्यति बेला उनलाई के थाहा १२ घण्टा पछि विश्व क्रिकेट जगत नै उनकै मृत्युको पोष्ट गरिरहेको हुनेछ।

यसपछि मार्सको समबेदनामा उनले लेखेको टुइटको रिप्लाईमा क्रिकेटप्रेमीले सेन वार्न कै निदनको समबेदना व्यक्त गरे। थाइल्याण्डमा रहेको बेला मार्च ४ को दिन हृदयघातका कारण उनको निधन भएको बताइएको छ। उनीले मात्र ५२ वर्षको अल्पायुमा यो संसार छाडे।

विश्व क्रिकेट इतिहासकै सर्वोत्कृष्ट बलरको सूचीमा उनको नाम सबैभन्दा माथिल्लो स्तरमा आउने गर्छ। लेग स्पिन बलिङका त उनी बादशाह नै हुन्। उनले लेग स्पिन बलिङमा क्रान्ति नै ल्याएका थिए।

उनी स्पिन बलिङमा बललाई ४५ डिग्रीसम्मको कोण बनाएर टर्न गर्न क्षमता राख्थे। जसलाई क्रिकेटमा लगभग असम्भब मानिन्छ। सन् १९९३ को एसेस् टेष्टको इंल्याण्डसँगको पहिलो ओभरमा नै उनको बल ४५ डिग्री टर्न भएको थियो। जसलाई ‘बल अफ दी सेन्चुरी’ को उपमा दिइएको थियो।

हालसम्म स्पिन बलिङमा उनसँग मात्र यस्तो कला भएको मानिन्छ जो उनीसँगै गयो। सन् २००७ मा उनले सन्यास लिनुअघिसम्म टेष्ट क्रिकेटमा लिएको ७०८ विकेट कुनै पनि बलरको सर्वाधिक विकेटको रेकर्ड थियो।

उनि सन् १९९९ को विश्वकप विजेता अष्ट्रेलियन टिमका प्रमुख सदस्य थिए। यो विश्वकप देशलाई दिलाउन उनले सर्वाधिक २० विकेट लिएका थिए। इण्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जित्ने पनि उनी पहिलो कप्तान हुन्। सन् २००८ को पहिलो संस्करणमा राजस्थान रोयल्सले पहिलो संस्करणको उपाधि जित्दा उनी खेलाडी र कप्तान मात्र होइन प्रमुख प्रशिक्षक नै थिए।

उनी जस्तै कसैले पनि सोचेको थिएन कि उनीले अचानक यो संसार छाड्नेछन्।

माइकल सुम्याकर

कार रेसिङ स्पोर्टस मन पराउने त्यस्ता कमै व्यक्ति होलान् जसले माइकल सुम्याकरको नाम नसुनेको होस्। उनी विश्वप्रसिद्ध कार रेस ‘फर्मुला वान’ रेसिङका कार चालक हुन्। लुइस ह्यामिल्टनसँगै उनको नाममा सर्वाधिक सात पटक फर्मुला वान विश्व च्याम्पियनसिपको उपाधि जितेको रेकर्ड छ।

विश्व प्रसिद्ध कार ब्राण्ड फेरारी चालकको रुपमा उनी सन् २००० देखि २००४ सम्म लगातार पाँच वर्ष विश्व च्याम्पियन बनेका थिए। सन् २०१२ मा ‘फर्मुला वान’ रेसिङबाट सन्यास लिनु अघिसम्म फर्मुला वानमा सर्वाधिक ९१ रेसको उपाधि जितेको रेकर्ड पनि उनकै नाममा थियो।

कार रेसिङ अन्य खेलकुदको तुलनामा निकै जोखिमपूर्ण खेलकुद मानिन्छ। रेसिङ विधाको खेलकुदमा गाडी दुर्घटनाका खतरनाम केशहरू धेरै छन्। यस्ता दुर्घटनामा गम्भीर घाइते हुने र ज्यान नै गुमाउने पनि धेरै छन्।

करिब २० वर्षे रेसिङ करियरमा माइकल सुम्याकर यस्ता दुर्घटनाबाट बचे। रेसिङबाट सन्यास लिएको अर्को वर्ष स्की गर्दा उनी ठूलो दुर्घटनामा परे।

जर्मन नागरिक सुम्याकर स्की खेलका पनि निकै सौखिन थिए। सन् २०१३ मा उनी आफ्नो १४ वर्षीय छोरासँग फ्रान्समा स्की गरिरहँदा हिउमा चिप्लिएका थिए। यसपछि चट्टानमा ठोक्किन पुगेका उनको स्की हेलमेट लगाए पनि टाउकोमा गम्भीर चोट लाग्न पुग्यो। यसपछि कोमा पुगेका उनी हालसम्म जीवन र मरणको मझधारमा छन्।

हेल्मेट नभएको भए उनको तत्कालै मृत्यु हुन सक्ने अवस्था रहेको उनको उपचारमा खटिएका चिकित्सकले बताएका थिए। तीन महीनाको उपचारपछि उनी घर त फर्किए तर उनमा प्यारालाइसिसको समस्या भयो। उनी न त हिँड्न सके न त बोल्न।

उनको स्मरण शक्तिले पनि काम गरेन। हालसम्म उनकी श्रीमती उनलाई जीवितै राख्न त सफल भएकी छन्। तर दुर्घटनाको ९ वर्षपछि पनि उनको जीवनको नाममा होसमै रहनुबाहेक केही पनि छैन।

कोब ब्रायन्ट

करिअरको उतरार्धमा रहेका विश्व स्टार बास्केटबल खेलाडी कोब खेलबाट सन्यास लिने तयारीमा थिए। तर सन् २०२० को जानवरी २६ मा उनी चढेको हेलिकप्टर दुर्घटनामा पर्‍यो। मात्र ४१ वर्षका उमेरमा सक्रिय खेल जीवनमा रहेका कोबको देहलीला समाप्त भयो। उक्त दुर्घटनामा उनी मात्र होइन, उनको १३ वर्षीय छोरीसँगै अन्य सात जनाको पनि निधन भयो।

कोब विश्वप्रख्यात अमेरिकी बास्केटबल लिग एन्वीएका पाँच पटकका च्याम्पियन हुन्। दुई पटक ओलम्पिकमा गोल्ड मेडल जितेका उनले आफैलाइै ‘ब्लाक माम्बा’ को उपनाम दिएका थिए। उनले १८ पटक एन्वीए अलस्टारको उपाधि पनि जितिसकेका थिए।

उनी बास्केटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक थिए। तर उनी पनि यो संसारको सर्वमान्य नियमबाट बच्न सकेनन्। जुन नियम हो काल आएपछि सबैले अन्तिम सास फेर्नैपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved