बै‌किङ कसुरमा फरार व्यक्ति पक्राउ

नेपाल भ्युज

बै‌किङ कसुरमा फरार व्यक्ति पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ मङ्सिर २१ को फैसलाअनुसार चार दिन कैद र रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बञ्जाडेलाई आज पक्राउ गरेको हो।

अदालतको फैसलापछि फरार रहँदै आएका बञ्जाडेलाई काठमाडौँको थापागाउँबाट पक्राउ गरेको हो। पक्राउ बन्जाडेलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved