थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि २५ जनाको राष्ट्रिय टोली घोषणा

नेपालभ्युज

थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि २५ जनाको राष्ट्रिय टोली घोषणा

काठमाडौं । थाइल्याल्याण्डमा अर्को महीना हुने दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ।

आज (बुधबार) मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले २५ खेलाडी छनोट गरेका हुन्।

नेपाली टोलीले १० चैतमा थाइल्यान्डको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने १३ चैतमा चोनबुरी एफसीसँग दोस्रो खेल खेल्नेछ। दुवै खेल चोनबुरीको मैदानमा हुनेछ।

किरण लिम्बूको कप्तानीमा रहेका यी हुन् २५ जना खेलाडी

टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशीष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द, जगजित श्रेष्ठ छन्।

यसअघि नेपालले १५ माघ र १८ माघमा अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेलमा नेपालले समान १-० को जित निकालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved