काठमाडौं। नेपाली कांग्रेसले २९ फागुनदेखि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। स्थानीय चुनावमा केन्द्रित रहेर ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित कांग्रेसले २९ चैतसम्म उक्त अभियान सञ्चालन गर्न लागेको हो।
३० बैशाखमा गर्ने तयारी गरिएको स्थानीय चुनावलाई लक्षित गर्दै कांग्रेसले आफ्नो पक्षमा निर्वाचनको माहोल बनाउन उक्त अभियान शुरु गर्न लागेको हो। सत्ता साझेदार अन्य दलहरूले चुनावी तालमेल गरेर अघि बढ्ने बताइरहेको बेला कांग्रेसले भने हालसम्म चुनावी तालमेल गर्नेबारे कुनै निर्णय गरेको छैन। परिस्थिति हेरेर एक्लै निर्वाचनमा जाने वा तालमेल गर्नेबारे निर्णय गर्ने रणनीति कांग्रेसको छ। यो एक महीने अभियानका दौरान कांग्रेसको माहोल हेरेर चुनावी गठबन्धनबारे निर्णय गर्ने तयारी कांग्रेसको छ।
यस्तो छ कांग्रेसले आज सार्वजनिक गरेको चुनावी अभियानको दस्तावेज।
Facebook Comment
Comment