रूस-युक्रेन युद्धको असर

कच्चा तेलको मूल्य हालसम्मकै उच्च, अझै बढ्न सक्ने

नेपाल भ्युज

कच्चा तेलको मूल्य हालसम्मकै उच्च, अझै बढ्न सक्ने

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ। बुधबारको मूल्यवृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल एक सय ३० डलर पुगेको छ। अमेरिकाले रूस–युक्रेन तनाबसँगै रूसबाट निर्यात हुने तेल खरीद नगर्न अन्य देशलाई आग्रह गर्दा तेलको बजार भाउ वृद्धि भएको हो।

अमेरिकाले मंलगबार मात्रै रूसी तेल निर्यातमा रोक लगाएको थियो भने बेलायतले रूसबाट तेल निर्यात नगर्ने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा रूसले उत्पादन गरेको करीब ७० प्रतिशत तेलले बजार नपाएको आँकडा सार्वजनिक हुँदा बजारमा भने तेलको मूल्यमा अत्याधिक वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय रूपमा अहिले देखिएको संकट निकट भविष्यमा नै समाधान हुने सम्भावना कम रहेको बताइन्छ। यसको परिणाम तेलको मूल्य केही समयमा नै समायोजन हुने सम्भावना छैन। केही समयअघिसम्म कच्चा तेलको मूल्य प्रति ब्यारेल ९५ डलर रहेकोमा अहिले वृद्धि भएर त्यसको मूल्य प्रतिब्यारेल एक सय ३० डलर पुगेको हो।

विश्वकै दोस्रो धेरै कच्चा तेल उत्पादन गर्ने रूसले युक्रेनमा आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएको हो। रूसले युक्रेनमा ‘विशेष कार्वाही’ गरेको बताउँदै गर्दा अमेरिकालगायत पश्चिमा देशले रूसले उत्पादन गर्ने तेल खरीद नगर्ने बताएका छन्। पछिल्लो समय बढेको कच्चा तेलको मूल्य सन् २००८ यताकै बढी हो।

कच्चा तेल निर्यात गर्न सकिने अर्को वैकल्पिक देश इरान हो। तर, अमेरिकाले इरानमाथि पनि आर्थिक प्रतिबन्द लगाएको छ। आणविक हतियार उत्पादन गरेको बताउँदै अमेरिकाले लामो समयदेखि इरानमाथि आर्थिक प्रतिबन्द लगाएको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारले कच्चा तेल निर्यातका लागि रूसको उपयुक्त विकल्प भेट्न सकेको छैन।

तेलको मूल्यमा व्यापक वृद्धि भए पनि तेलको अभाव भने अहिलेसम्म नआएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved