चुनावी गठबन्धनबारे परिस्थिति हेरेर मात्रै निर्णय लिन्छौँ: कांग्रेस

 नेपाली कांग्रेसले स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भनेर अहिलेसम्म कुनै निर्णय नगरेको बताएको छ।

नेपाल भ्युज

चुनावी गठबन्धनबारे परिस्थिति हेरेर मात्रै निर्णय लिन्छौँ: कांग्रेस
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसले स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने निर्णय गरिनसकेको बताएको छ। आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मलेन गर्दै कांग्रेसले परिस्थिति हेरेर गठबन्धनबारे निर्णय गर्ने बताएको हो।

कांग्रेसले २९ फागुनदेखि एक महीनाे ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ। पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले उक्त अभियानपछि मात्रै कांग्रेसले गठबन्धन गर्ने/नगर्नेबारे निर्णय गर्ने बताए। उनले भने, ‘‘कांग्रेसले गठबन्धनबारे अहिले केही बोल्दैन। अहिले कांग्रेस एक महीनासम्म एक्लै घर जान्छ। त्यसपछि  बढी भन्दा बढी सिट जितिन्छ त्यही अनुसार रणनीति बनाउँछौँ।”

यस्तै उक्त पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले घर-घरमा गएर एमसीसीबारे कम्युनिष्टहरूले फैलाएको भ्रम चिर्ने बताए। एमसीसी अन्तर्राष्ट्रिय विकाश योजना मात्रै भए पनि अनेक दुष्प्रचार गरेर भ्रमको खेती गरी जनमत बनाएकोमा त्यसबारे तथ्य जानकारी गराउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved