कांग्रेस बचाउन आयोगले चुनाव चिन्ह नै हरियो बनायो– केपी ओली

चुनाव चिन्ह हरियो हुँदा कांग्रेस बौरिँदैन

‘‘कांग्रेस बिस्तारै बिस्तारै बुढो हुँदै छ। बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो, चुनाव चिन्ह हरियो हुँदा कांग्रेस बौरिँदैन।’’

नेपाल भ्यूज

कांग्रेस बचाउन आयोगले चुनाव चिन्ह नै हरियो बनायो– केपी ओली
फाइल फोटो

मोरङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस पार्टीलाई बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन्। कांग्रेसका मतदाता घट्दै गएकाले रुख चिन्ह हरियो र चम्किलो देखिनकै लागि हरियो रङ्गको प्रयोग गरिन लागेको टिप्पणी गरेका हुन्।

मोरङको रंगेलीमा बुधबार आयोजित पार्टी प्रवेश सभालाई सम्बोधन गर्दै ओलीले भने ‘‘कांग्रेस बिस्तारै बिस्तारै बुढो हुँदै छ। बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो, चुनाव चिन्ह हरियो हुँदा कांग्रेस बौरिँदैन।’’

माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलीपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओलीले काग्रेसको आलोचना गरेका हुन्। नले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए।

यसअघि मंगलबार पनि ओलीले मतपत्रको रङप्रति आपत्ति जनाएका थिए। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अनेमसंघद्वारा मंगलबार आयोजित कार्यक्रममा ओलीले मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका थिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved