सभामुख सापकोटा र फ्रान्सका संसदीय मैत्री समूहका अध्यक्षबीच भेट

नेपालभ्युज

सभामुख सापकोटा र फ्रान्सका संसदीय मैत्री समूहका अध्यक्षबीच भेट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेका उनको निजी सचिवालयले जनाएको छ।

अध्यक्ष रिटनले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरू अझै सक्रियताका साथ लागिपर्ने बताए। भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरूबारे पनि छलफल गरिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved