काठमाडौं। नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्। स्थानीय तह निर्वाचन केन्द्रित अभियानबारे पार्टीको धारणा सार्वजनिक गर्ने उक्त कार्यक्रममा यसअघि देउवा पनि जाने बताइएको थियो।
तर पार्टी कार्यालयले कांग्रेस पदाधिकारीहरूको उपस्थितिमा मात्रै आजको पत्रकार सम्मेलन हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
दिउँसो ३ बजेकोउक्त पत्रकार सम्मेलनमा पार्टीको चुनावी अभियानबारे जानकारी गराउने कार्यक्रम गरेको छ। कांग्रेसले २९ फागुनदेखि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर देशव्यापी प्रचारप्रसार अभियान सञ्चालन गर्दैछ।
प्रचारप्रसार अभियानका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई ७७ ओटै जिल्लामा खटाउने निर्णय यसअघि नै गरेको छ।
Facebook Comment
Comment