सुनको मूल्यले बनायो नयाँ रेकर्ड

नेपालभ्युज

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं। सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबार सुनको मूल्य एकैदिन दुई हजार पाँच सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच रुपैयाँ पुगेको छ।

यसअघि अघिल्लो वर्ष साउनमा कोभिडको बेला सुनको मूल्य एक लाख ३ हजार ५०० रुपैयाँको रेकर्ड बनेको थियो। त्यसयता निरन्तर घट्दै गएको सुनको मूल्य पुन: बढ्दै गएको हो। रूस-युक्रेन युद्धको प्रभावले सुनको मूल्य बढ्दै गएकोमा मूल्य अझै बढ्न सक्ने अनुमान व्यवसायीको छ।

यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले वृद्धि भएर एक हजार ४५० रुपैयाँ कायम भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved