सरकार आलोचना सहन तयार छ : गृहमन्त्री खाँण

नेपालभ्युज

सरकार आलोचना सहन तयार छ : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आलोचना सहन तयार रहेको बताएका छन्। उनले सञ्चारमाध्यम र पत्रकारिताले सत्य तथ्य उजागर गरेर सरकारलाई सच्चिने मौका दिनुपर्ने बताए।

नेपाल प्रेस यूनियन रूपन्देहीले मंगलबार तिलोत्तमामा आयोजना गरेको पुरस्कार वितरण समारोहलाइ सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले कांग्रेस जहिले पनि नागरिक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले कांग्रेस नेतृत्वको सरकार र कम्युनिस्टबीच धेरै फरक रहेको बताए।

सरकारले हरेक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरेको उनले बताए। गृहमन्त्री खाँणले एमअविकसित देशहरूको गरिबी, बेरोजगारी, दरिद्रता अन्त्य गर्नका लागि एमसीसी परियोजना बनेको बताए।

उनले लोकतान्त्रिक, प्रेस स्वतन्त्रताको भएको मूलुक भएको देशमा मात्रै लागू हुने बताए। उनले सबै पार्टीका नेताहरू संलग्न भएकाले यसको विरोधमा कोही पनि नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved