खप्तड गोल्डकप

लिग च्याम्पियन मच्छिन्द्रलाई हराउँदै सर्लाहीको बागमती सेमिफाइनलमा

नेपालभ्युज

लिग च्याम्पियन मच्छिन्द्रलाई हराउँदै सर्लाहीको बागमती सेमिफाइनलमा

काठमाडौं। सर्लाहीको बागमती यूवा क्वल जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलवार भएको क्वाटर फाईनल खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै बागमती युवा क्लव सर्लाही प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ। बागमती यूवा क्लवले मच्छिन्द्रलाई ४–२ गोल अन्तरले हराएको हो।

धनगढी रंगशालामा निर्धारित र थप समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो।

यो जित सँगै बागमती युवा क्लबले अब सेमिफाइलनमा फ्रेन्ड्स क्लबसँगको भेट पक्का गरेको छ। बागमती युवा क्लबले पहिलो खेलमा ‘ए’ डिभिजन क्बल एनआरटीलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाउँदै मच्छिन्द्रसँग भेट पक्का गरेको थियो।

मोफसलको टिम बागमती युवा क्लवले लगातार निकालेको जित यस क्षेत्रका खेलप्रेमीहरूका लागि गौरवको विषय भएको क्लवका सचिव कुमार प्रधानले बताए। आगामी प्रतियोगितामा पनि बागमती युवा क्लब उच्च मनोवलका साथ मैदानमा उत्रने उनले बताए।

खप्तड गोल्ड कपमा १० टोली सहभागी छन्। विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved