महिला दिवसमा दूधेबच्चा लिएर विश्वकप खेल्न गएकी आमाको कथा

महिला दिवसमा दूधेबच्चा लिएर विश्वकप खेल्न गएकी आमाको कथा

काठमाडौं । किंकर्तव्यविमुढ : यस अवस्थाबारे पाकिस्तानी महिला क्रिकेट टिमकी कप्तान बिस्माह मारुफलाई जति कसलाई थाहा होला ? ११ महीनाअघि गर्भवति भएपछि उनले धेरै सोचिन् : विश्वकप खेल्ने वा बच्चा हुर्काउने दायित्वमध्ये के रोज्ने ?

आमा हुनुभन्दा ठूलो के नै हुनसक्ला। तर, कप्तान भएकाले टोलीको जिम्मा उनको काँधमा थियो। त्यसैले तत्कालै राजिनामा गर्न मन थिएन।

आफ्नो बच्चाको हेरचाहको लागि राष्ट्रिय टिमको कप्तानी छाड्ने निर्णयमा पनि उनी नपुगेकी होइनन्। किनकी बच्चा जन्मनु अघि र पछिको जिम्मेवारी तथा राष्ट्रिय टिमको कप्तानको दोहोरो भूमिका सहज अवश्यै थिएजिम्मेबारी बहन गर्न त्यती सहज थिएन।

अन्ततः अप्रिल २०२१ मा उनले गर्भावस्थाका कारण आठ महीना क्रिकेट छाड्ने निर्णय लिइन्। तर यो सानो ब्रेकमात्रै थियो। अगस्ट २०२१ मा छोरी जन्माएकी बिस्माह त्यसको चार महीनाभित्रै फेरि मैदानमा फर्किइन्।

न्युजिल्याण्डमा गत शुक्रबारदेखि सुरु भएको एकदिवसीय महिला विश्वकपमा उनी कप्तानको भूमिकामा छिन्। मंगलबार विश्वभरीका नारीहरुले अन्तराष्ट्रिय महिला दिवस मनाइरहँदा उनी आफ्नी दूधे बच्चालाई माउन्ट मुइङगाई स्टेडियमको पेभेलियनमा छाडेर मैदानमा अष्ट्रेलियासँग भिड्न उत्रिइन्। सात विकेटले पाकिस्तान हार्‍यो, तर विश्वभर समुदायको नजरमा खेल शुरू हुनअघि नै बिस्माह विजेता बनिसकेकी थिइन्।

यस खेलमा बिस्माहले १ सय २२ बलमा पाकिस्तानको लागि ८ चौकाको मद्दतले सर्वाधिक अविजित ७८ रन योगदान गरेर आफ्नो क्षमता पनि देखाइन्।

खेलकुदमा आमाको संघर्ष

कुनै पनि खेलाडीलाई बच्चा जन्माइसकेपछि पुनः सक्रिय खेल जिवनमा फर्किन त्यति सहज हुँदैन। आमा बनिसकेपछि आउने शरिरीक परिवर्तनका बाबजुद विश्व स्तरीय टिमबाट खेल्न फिट हुने प्रक्रिया सजिलो छैन।

त्यसमाथि आफ्नो शरिरीक स्वास्थ्य मात्र होइन बच्चा प्रतिको जिम्मेवारी र मातृत्वले कुनैपनि महिलालाई छोप्ने गर्छ। त्यहीकारण, धेरै महिलाले आफ्नो करियरलाई नै तिलाञ्जली दिन्छन्।

अझ पूर्ण रुपमा शरिरीक श्रम गर्नुपर्ने खेलाडीको करियरलाई निरन्तरता दिने आँट गर्नु आफैमा ठूलो साहस हो।सुत्केरी भएको सात महिनामा विश्वकपको मैदानमा भिड्न सक्ने मारुफको हिम्मत र तागतलाई सलाम गर्नुपर्छ। मारुफ यो विश्वकपका लागि शरिरीक रुपमा मात्र होइन मानसिक रुपमा नै तयार थिइन् र यीनले विश्वकपमा राष्ट्रको कप्तानीलाई निरन्तरता दिइन्।

मारुफ पाकिस्तानका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पुरा गर्ने पहिलो महिला क्रिकेटर हुन्। पाकिस्तानको राष्ट्रिय टिमबाट २०० भन्दा बढि खेल खेलिसकेकी अलराण्डर मारुफले सन् २०१३ देखि राष्ट्रिय टिमको कप्तानीको भुमिका निभाएकी थिइन्।

हाल पाकिस्तानी क्रिकेटको लागि मात्र होइन, खेलकुदको लागि मात्र पनि होइन, आम विश्व समुदायका लागि नै उनी आदर्श व्यक्तित्व बनेकी छिन्।

पढाइ छाडेर क्रिकेटमा

कस्मिरको शिक्षित परिवारमा मारुफको जन्म भएको थियो। उनको परिवार उनलाई डक्टर बनाउन चाहान्थ्यो। हाइस्कुल पढ्दासम्म उनको पनि लक्ष्य डक्टर बन्ने नै थियो।

तर हाइस्कुलको पढाइ सक्दासम्म उनले थाहा पाइन की उनी क्रिकेटका लागि जन्मेकी हुन डक्टर बन्नका लागि होइन।
त्यसपछि पढाई छाडेर उनी क्रिकेटर बन्ने जोशमा लागिन्। त्यहि जोशले आज उनलाई हाल नायक बनाउने अवस्थासम्म ल्याइपुर्‍यायो।

मारुफको यो उदाहरणीय कामको चर्चा आइतबारको विश्वकपको भारत र पाकिस्तानको खेलपछि भएको थियो। हुन त भारत र पाकिस्तानबिचको खेल सधै विशेष नै हुनेगर्छ।

यो पटक भने मारुफ र उनको ६ महिने छोरीका कारण बिशेष बन्यो। खेलपछि चिरप्रतिद्वन्दी भारतका खेलाडी मारुफ र उनको बच्चासँगै खेलिरहेका, जिस्किइरहेका थिए। जुन फोटो र भिडियो धेरै भाइरल भयो।

मैदानमा भारतको जितको चर्चा थियो तर मैदान बाहिर यी आमा छोरीको।

”विश्वकपमा फर्कदा र खेल्न पाउँदा यो पटक पहिले भन्दा निकै फरक महसुस भैरहेको छ, म अलिकति भावुक पनि भए। मेरो आमा र छोरी दुबै यहाँ छन्, यो मेरा लागि निकै बिशेष क्षण हो,” खेलपछि मारुफले भनिन्।

३० वर्षीय मारुफ छोरी र एक सहायकको रुपमा आमालाई नै लिएर विश्वकपका लागि न्युजिल्याण्डमा पुगेकी थिइन्।
यो खेलपछि भारतीय खेलाडी स्मृती मन्धना सामाजिक सञ्जालमा लेखिन्,”गर्भावस्थाको ६ महिनापछि नै अन्तराराष्ट्रिय क्रिकेट खेल्नु निकै प्ररणादायी छ। बिस्माह मारुफ विश्वभरीका महिला खेलाडीमा उदाहरण बनेकी छिन्।”

दिनभरी दूधे बालकलाई ड्रेसिङ रुममा छाडेर मैदानमा गएकी उनी जब खेलपछि छोरीसँग देखिइन् भारतका प्राय सबै खेलडीले मारुफ र उनको छोरीसँगै बसेर सेल्फी खिचे, रमाइलो गरे।

यो क्षणले एक महिला, आमा र बच्चाबीचको मायाको मात्र बयान गरेन। यसले भारत र पाकिस्तानबिचको दुश्मनीको सम्बन्धभित्र लुकेको भाइरालाई पनि प्रस्फूटित गर्‍‍यो। हाल विश्वमा चलिरहेको युद्धको माहोलमा यो एक भिडियोको शन्तिको सम्बाहक बन्यो।

मारुफले तिर प्रतिद्वन्दी भारत विरुद्धको यो खेल त जित्न सकिनन् तर आमा बनेलगतै बच्चालाई लिएर विश्वकपको मैदानमा पाकिस्तानको टिम सम्हालेर हिड्दा सारा विश्वको मन जित्न सफल भइन्।

एकहातमा दूधे बालक अर्को हातमा क्रिकेट ब्याग र छातीमा देशको झण्डा, एक महिला खेलाडीलाई यो भन्दा गर्वको क्षण सायदै कुनै होला।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved