नेपाल र थाइल्यान्डबीच मैत्रीपूर्ण फुटबल खेल हुने

नेपालभ्युज

नेपाल र थाइल्यान्डबीच मैत्रीपूर्ण फुटबल खेल हुने
KfO

काठमाडौं । मार्च २४ मा नेपालको राष्ट्रिय फुटबल टोलीले थाइल्यान्डको राष्ट्रिय फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। २७ मार्चमा नेपालले अर्को एक स्थानीय टिमसँग पनि खेल्नेछ।

थाइल्यान्डको चोन बुरी रंगशामा यी खेलहरू हुनेछन्। नेपालर थाइल्यान्ड दुवै आसन्न एशियन कप छनोटको तयारीमा छन्। त्यसका लागि यी दुई खेललाई तयारीको रुपमा लिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपालले पछिल्लोपटक मौरिससविरुद्ध काठमाडौंमा २९ जनवरी र १ फेब्रुअरीमा मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved