एनसेलले ल्यायो अझै सस्तो भ्वाइस कल, जुनसुकै नेटवर्कमा पनि

नेपालभ्युज

एनसेलले ल्यायो अझै सस्तो भ्वाइस कल, जुनसुकै नेटवर्कमा पनि

काठमाडौं। एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन्।

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन्। सोमबार ९फागुन २३० देखि संचालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित रु १४ देखि रु ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन्। यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन्।

ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित रु १४ मा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम रु ४५ मा सुचारु गर्न सक्छन्। त्यसैगरी रु ९४ मा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ। प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्छन्।

अलि धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन्। यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई वटा अन्य प्याकहरु पनि छन् जस अन्तर्गत ग्राहकले रु २६५ मा ४७५ मिनेट टक टाइम र रु ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन्। आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनैपनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्छन्।

आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved