अबको लडाईं परमादेशी र जनादेशीबीचको होः अध्यक्ष ओली

नेपालभ्युज

अबको लडाईं परमादेशी र जनादेशीबीचको होः अध्यक्ष ओली

पोखरा। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका छन्।

मंगलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशी बीचको लडाईं भएको बताए।

अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए।

अध्यक्ष ओलीले भने, “आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ। कहिले पाण्डव र कौरवका बीचमा हुन्छ। कहिले कृष्ण र कंशका रूपमा हुन्छ। अनेक रूपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ। आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीबीच भएको लडाईं हो। असत्यको प्रतिकको लडाईं भनेको परामादेशी शक्तिहरू हुन्। जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ।”

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट हामी नेकपा एमाले बढ्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved