परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाँदैछन्। मार्च ११–१३ मा आयोजना हुने अन्टाल्या कूटनीति मञ्च (एडीएफ)मा सहभागी हुन उनको कार्यक्रम छ।

नेपालभ्युज

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै
फाइल तस्वीर।

काठमाडौं। परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाँदैछन्। मार्च ११–१३ मा आयोजना हुने अन्टाल्या कूटनीति मञ्च (एडीएफ)मा सहभागी हुन उनको कार्यक्रम छ। कार्यक्रममा ५० भन्दा बढी परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागिता रहने जनाइएको छ।
‘रिकोडिङ डिप्लोमेसी’ नाम दिइएको यस वर्षको फोरममा मन्त्री खड्काले ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘एशिया नयाँ: दिगो क्षेत्रीय विकासको लागि’ भन्ने विषयमा हुने छलफलमा भाग लिने छन्।

फोरमको साइडलाइन वार्ताको क्रममा मन्त्री खड्काले टर्कीका समकक्षी र अन्य देशका विदेशमन्त्रीहरुसँग पनि दुई पक्षीय भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved