नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

नेपालभ्युज

नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं। नेकपा एकीकृत समाजवादी (नेकपा एस) को पोलिटब्युरो बैठक आज बस्दैछ। बैठक बानेश्वरस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

आज पोलिटब्युरो बैठक बोलाएको एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको पनि बैठक बोलाएको छ।

श्रेष्ठका अनुसार बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved