स्पेनिस ला लिगाः बार्सिलोना तेस्रो स्थानमा उक्लियो 

नेपालभ्युज

स्पेनिस ला लिगाः बार्सिलोना तेस्रो स्थानमा उक्लियो 

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा इल्चेमाथि २–१ को जित निकाल्दै बार्सिलोना जारी सिजन पहिलो पटक तेस्रो स्थानमा उक्लियो।

पछिल्लो समय समालिएको बार्सिलोनाले १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो। बार्सिलोना विरुद्ध इल्चेका चाभेस डि ला टोरेले ४४ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए।

तर ६६ औँ मिनेटमा बार्सिलोनाका सब्सटिच्युट फेररान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याए। टिमका लागि निर्णायक गोल भने मेम्फिस डिपेले पेनल्टीमार्फत ८८ औ मिनेटमा गरेका थिए। एन्टोनियो बरगानले ह्यान्ड गरेपछि पाएको पेनल्टीलाई औबामेयाङले डेम्पेलाई अवसर दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved