जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित

बानियाँ नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका थिए। सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन्।

नेपालभ्युज

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित

काठमाडौं। जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। प्रतिनिधिसभाको आजको बैठकले बानियाँलाई निलम्बन गरेको हो।

बानियाँलाई १६ फागुनमा बाँके प्रहरीले पक्राउ गरेको थियो। जुम्लाकी ४० वर्षीया एक महिलाले नेपालगञ्ज अप्सरा होटेलमा १९ माघमा बलात्कार गरेको भन्दै २४ माघमा मुगुका सांसद बानियाँमाथि जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

बानियाँ नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका थिए। सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन्।

ती महिलाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफैं प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved