भक्तपुरमा बजार अनुगमन, म्याद गुज्रेका अस्वस्थ्य खाद्यान्न नष्ट

नेपालभ्युज

भक्तपुरमा बजार अनुगमन, म्याद गुज्रेका अस्वस्थ्य खाद्यान्न नष्ट

काठमाडौं। बजारमा कालोबजारी भएको गुनासो आएपछि भक्तपुर नगरपालिकाले नियमित झै पुनःबजार अनुगमन सुरु गरेको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक क्षेत्रका आठ वटा पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका र अस्वस्थ्य खाद्यान्न नष्ट गरिएको छ।

अधिकांश पसलमा मूल्य सूची नराखेको, मनोमानी मूल्य लिएको, खाद्य विभागबाट अनुमति नलिई जथाभावी मिति राखेर प्याकेजिङ गरिएको, म्याद गुज्रेका खाद्य सामान बिक्री कक्षमा राखिएको, ढक तराजु नवीकरण नगरेको, पसल दर्ता नगरेको, पसलमा जथाभावी फोहर गरिएका, कामदारलाई एप्रोन, हेयरनेट र ग्लोब प्रयोग नगराएको पाइएको छ।

नगरपालिकाले मार्केट प्लेस प्रालिमा म्याद नाघेका सौन्दर्यका सामान बिक्रीमा राखिएको, मेगा मार्टमा जथाभावी राखेको, म्याद नाघेका सामान बिक्री कक्षमा राखेको, दर्ता नगरेको डि।एम।सी। किचेनमा पसल तीन दिनभित्र दर्ता गर्ने, ग्राहकलाई भ्याट बिल दिने व्यवस्था गर्न निर्देशन दिएको छ।

दुनोट पसललगायत अन्य पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए। अनुगमन टोलीले बेष्ट भेराइटीमा म्याद नाघेको सामान जुस, आँटा, रोजमेरी, भ्यासिलिन, बिस्कुट, चिप्स, ल्याक्टोजेन, सेरलेक, फाण्टा जत गरी नष्ट गरेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved