वैशाख ९ देखि ११ सम्म चितवनमा आठौं नेपाल फर्मा एक्स्पो

नेपालभ्युज

वैशाख ९ देखि ११ सम्म चितवनमा आठौं नेपाल फर्मा एक्स्पो

काठमाडौं। स्वादेशी औषधिलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाल औषधि उत्पादक संघले ९ देखि ११ बैशाखसम्म चितवनमा नेपाल फर्मा एक्स्पो गर्न लागेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आठौं नेपाल फर्मा एक्स्पो २०२२ गर्न लागेको आयोजक टिमले जानकारी दिएको हो।

संघअन्तर्गतका कम्पनीले उत्पादन गर्दै आएका औषधि र त्यसमा प्रयोग हुने प्रविधि, ल्याब र मेसिनको संघले प्रत्येक २ वर्षमा एक्स्पो गर्दै आएको छ। नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्जवल जंग पाण्डेले मेडिकल हब भएका कारण चितवनमा दोस्रो पटक एक्स्पो गर्न लागेको बताए।

संघका अध्यक्ष पाण्डेका अनुसार एक्स्पोमा १६० स्टल रहनेछन, औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधि उद्योगहरूले समेत एक्स्पोमा भाग लिनेछने भएका छन्।

नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जनमानसमा सचेतना दिने, नेपाली औषधिलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन लक्ष्य एक्स्पोको रहेको उनले जानकारी दिए।

नेपालमा हाल प्रत्येक वर्ष ३५ वटा प्राविधिक कलेजबाट करिब १ हजार ५ सय औषधि प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन भइरहेका छन्। एक्स्पोमा १६० स्टल रहनेछन्। औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १ सय २० बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधि उद्योगहरूले एक्स्पोमा सहभागी हुनेछन्।

अध्यक्ष पाण्डेका अनुसार नेपाली औषधि उद्योगले नेपालको कुल मागको ५१ प्रतिशत औषधि धान्दै आएको छ। काठमाडौं बाहिर दोस्रो पटक चितवनमा हुन लागेको एक्स्पोमा करिब १५ हजार अनलोकनकर्ताहरूले भ्रमण गर्न संघले आंकलन गरेको छ।

नेपाली औषधि उद्योगले नेपालमा करिब ६० अर्ब बराबरको औषधि उत्पादन गर्ने गरेको संघका वरिष्ठ उपाध्यक्ष महेश प्रधानले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved