युक्रेनले फेरि माग्यो युरोपेली संघको सदस्यता

जेलिन्स्कीले भिडिओ सन्देशमा भनेका छन्, “अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ।”

नेपालभ्युज

युक्रेनले फेरि माग्यो युरोपेली संघको सदस्यता

काठमाडौं। रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेका हुन्।

नयाँ भिडिओ सन्देशमा उनले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनु पर्ने उल्लेख गरेका छन्।

रुसले आक्रमण गरेको पाँचौ दिनमा उनले रुससँग लड्नका लागि आफूलाई सजिलो हुने र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताए।

जेलिन्स्कीले भिडिओ सन्देशमा भनेका छन्, “अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ।”

अहिले सबै कुराको छलफल गर्न सम्भव नभएको र आफूहरु निकै अप्ठेरो अवस्थामा रहेको पनि ४४ वर्षीय राष्ट्रपति जेलिन्स्कीले सन्देशमा उल्लेख गरेका छन्।

युरोपेली सबै देशहरुसँग आफू मिलेर काम गर्न र सँगसँगै रहन चाहेकोमा उनले जोड दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved