स्पेनिस ला लिगा: बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगामा घरेलु टोली बार्सिलोनाले एथलेटिक्स क्लब बिल्वाओमाथि ४–० को सहज जित हात पारेको छ।

नेपालभ्युज

स्पेनिस ला लिगा: बार्सिलोनाको फराकिलो जित

काठमाडौं। स्पेनिस ला लिगामा घरेलु टोली बार्सिलोनाले एथलेटिक्स क्लब बिल्वाओमाथि ४–० को सहज जित हात पारेको छ। क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाको जितमा पियरे इमरिक औबामियाङ, ओस्माने डेम्वेले, लुक डि जोङ र मेम्फिस डिपाएले एकएक गोल गरे।

खेलको ३७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ७३ औँ मिनेटमा डेम्वेलेले घरेलु टोलीको अग्रता दोब्बर बनाए। ९० औँ मिनेटमा डि जोङ र थप गरिएको समयमा डिपाएले गोल गरेपछि बार्सिलोनाले ४–० को सहज जित निकाल्यो।

यो जितसँगै २५ खेलमा ४५ अंक जोडेको बार्सिलोना चौथो तथा पराजित एथलेटिक्स क्लब २७ खेलबाट ३७ अङ्कका साथ आठौँ स्थानमा यथावत् छन्। लिगअन्तर्गत नै भएका अन्य खेलमा भिल्लारियल,सेभिया र रियल सोसिडाड विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved