नेकपा (एस) पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने पक्षमा

नेपालभ्युज

नेकपा (एस) पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने पक्षमा
फाइल तस्वीर

काठमाडौं । सत्ता गठबन्धनभित्रको दल नेकपा एकीकृत समाजवादीले पनि एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपर्नेमा पुगेको छ।

आज बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। बैठक पत्रकारहरूसँग बोल्दै नेकपा एसकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भनिन्, “गठबन्धनभित्र भएको सहमतिअनुसार पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ।

एमसीसीकै विषयलाई लिएर आज पार्टीको स्थायी कमिटी बैठक बसको थियो।

यसअघि सत्ता साझेदार अर्को दल नेकपा माओवादी केन्द्रले पनि एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गराउन सहमत भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved