“एमसीसीले देश द्वन्द्वमा जान सक्छ, राजनीतिक दलले उचित निर्णय लिनुपर्छ”

नेपालभ्युज

“एमसीसीले देश द्वन्द्वमा जान सक्छ, राजनीतिक दलले उचित निर्णय लिनुपर्छ”

काठमाडौं। नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले एमसीसीका कारण देश नै द्वन्द्वमा जानसक्नेतर्फ बेलैमा सचेत बनेर राजनीतिक नेतृत्वले उचित निर्णय लिनुपर्ने बताएका छन्।

नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ, एयरलाइन्स, सांस्कृतिक, पुरातात्विक कार्गाे, कुरिअर श्रमिक युनियन युनिट्राभको तेह्रौं राष्ट्रिय अधिवेशनमा उनले मुलुकलाई भड्काउन लागिपरेकाहरुप्रति सचेत बन्दै सार्वभौमिकता रक्षा, विकास एवं समृद्धिमा लाग्नुपर्ने भन्दै सचेत गराए।

सामाजिक सुरक्षा लागु नगर्नेप्रति इंगित गर्दै उपाध्यक्ष रिजालले पर्यटन क्षेत्रमा रहेको सामन्ती प्रवृति हटाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले एमसीसीको विषय देशको पक्षमा हुनुपर्ने र ऐन, कानूनभित्र रहेर अगाडि बढेमात्रै मान्य हुने बताए। उनले योगदानमा आधारित सामाजिक सुरक्षामा ४५ अर्ब रुपैयाँ जम्मा भएको र त्यसप्रति सरकारले गिद्दे नजर लगाइरहेको भन्ने विषय बाहिरिएको भन्दै श्रमिकको पसिनामाथि आँखा नलगाउन चेतावनी दिए।

श्रमिकको पसिनालाई लुट्न लागिपर्ने जो कोहीविरुद्ध आन्दोलन थाल्ने उनले चेतावनी दिए। उनले श्रमिकलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्न जिफन्टले जिफन्ट एप्स लञ्च गर्ने तयारी गरिरहेको र एप्समार्फत सबै श्रमिकको समस्या देशका जुनकुनै स्थानबाट समाधान गरिने बताए।

कार्यक्रममा नेपाल पर्वतारोहण संघ एनएमएका महासचिव कुलबहादुर गुरुङले पर्यटन क्षेत्रमा लकडाउन खुले पनि सटडाउनकै अवस्था रहेको बताए।

पर्यटन व्यवसायीले अझै पनि सहुलियत ऋण नपाएको र श्रमिकहरु पलायन हुँदा राज्यले दुःख पीडामा मल्हम नगाएकोप्रति उनले आपति जनाए। कोभिडले थला पारेको पर्यटन क्षेत्रलाई माथि उठाउन सबै व्यवसायी, श्रमिक र राज्य जिम्मेवार बन्नुपर्ने उनले बताए।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय राईले ५ लाख बढी पर्यटन श्रमिकलाई कोभिडले सबैभन्दा बढी मार पारेको भन्दै पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्सका नाममा उठाइएको रकम उदेश्यअनुरुप खर्च गराउन नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानको ध्यानाकर्षण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved