इनरुवामा डिशहोम फाइबरनेटको सहवितरण शोरुम

नेपालभ्युज

इनरुवामा डिशहोम फाइबरनेटको सहवितरण शोरुम

सुनसरी। इनरुवामा डिशहोम फाइबरनेटको सहवितरण शोरुम खुलेको छ। नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले इनरुवामा पनि सहवितरण शोरुमको उद्घाटन गरेको हो।

१४ फागुनदेखि सेवा शुरु गरिएको उक्त शोरुमको सञ्चालन खुश्बु इन्टरप्राइजेजले गर्नेछ।

शोरुम समुद्घाटन डिशहोमका तर्फबाट प्रवन्ध निर्देशक सुदीप आचार्य, क्षेत्रीय बिक्री प्रबन्धक विपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जिवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थीतिमा सम्पन्न भएको थियो।

खुश्बु इन्टरप्राइजेजले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा, ग्राहकहरूमाझ पुर्‍याउँदै आएकाले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ।

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराईसकेको खुश्बु इन्टरप्राइजेजले अब थप ग्राहक विस्तार गर्ने लक्ष्य लिएको खुश्बु इन्टरप्राइजेजका सञ्चालक सन्दीप क्षेत्री र जीवन श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved