एटीएम फोडेर चोरी गर्न खोज्ने पक्राउ

नेपालभ्युज

एटीएम फोडेर चोरी गर्न खोज्ने पक्राउ

काठमाडौं। नेपाल प्रहरीले एनआईसी एशिया बैंकको एटीएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआईसी एशिया बैंकको एटीएम फोड्दै गरेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङलाई गएराति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नगद चोरी गर्न एटीएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले पक्राउ परेका तामाङसँग एटीएम फोड्न प्रयोग गरेका दुई थान औजारसमेत बरामद गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved