अभिनेता पल शाह प्रहरी नियन्त्रणमा

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी केही बेरअघि प्रहरी कार्यालय तनहुँमा आफैँ पुगेर आत्मसमर्पण गरेका हुन्।

नेपालभ्युज

अभिनेता पल शाह प्रहरी नियन्त्रणमा

काठमाडौँ। नाबालिगकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी केही बेरअघि प्रहरी कार्यालय तनहुँमा आफैँ पुगेर आत्मसमर्पण गरेका हुन्। जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।

यसअघि शाहले केही बेरअघि प्रहरसामु आत्मसमर्पण गर्ने बताएका थिए। नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए।

शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ। मुद्दा दायर भए लगत्तै उनलाई प्रहरीले खोजिरहेको जनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved