मृत्युपश्चात् अंग दान गर्ने स्वास्थ्यमन्त्री खतिवडाको घोषणा

नेपालभ्युज

मृत्युपश्चात् अंग दान गर्ने स्वास्थ्यमन्त्री खतिवडाको घोषणा
फाइल तस्वीर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री  विरोध खतिवडाले मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका छन्। राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा मन्त्री खतिवडाले अंग दान गर्ने घोषणा गरेका हुन्।

कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पुर्‍याउनु पर्ने भएको थप जनशक्तिको आवश्यक्त परिपूर्ति गर्ने पनि विश्वास व्यक्त गरे।

‘‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मालपोत कार्यालयमा कहाँ कहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन् त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनु होला,” उनले भने।

यसैगरी नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले पनि अंग दान गर्ने घोषणा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved