सत्ता गठबन्धनको आयु धेरै छैन: वरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको आयु धेरै बाँकी नरहेको दाबी गरेका छन्। एमालेले नै गठबन्धन तोडिदिने उनको भनाइ छ।

नेपालभ्युज

सत्ता गठबन्धनको आयु धेरै छैन:  वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको आयु धेरै बाँकी नरहेको दाबी गरेका छन्। एमालेले नै गठबन्धन तोडिदिने उनको भनाइ छ।
बुढानीलकण्ठ वडा नम्बर ६ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले भने, ‘हाम्रो पार्टीविरुद्धको घेराबन्दीलाई भत्काउँछौँ । सत्ता गठबन्धन टुट्छ, हामी तोड्दिन्छौँ ।’

गठबन्धन कसरी तोडिन्छ भन्नेबारे चाहिँ उनले खुलाएनन् । सत्ता गठबन्धनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा छन्। एमसीसीलाई लिएर गठबन्धनभित्र तीव्र ध्रुवीकरण छ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले आगामी तिनै तहको निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरे। ‘यसका लागि गाउँ, टोलबाटै साथीहरू खट्नुपर्छ। हामी पहिलो दल बन्छौँ, बन्नुपर्छ’, उनले भने।

प्रदेश सांसदसमेत रहेका एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले पार्टीको वडा कमिटी सदस्यहरूलाई शपथ गराए । ‘चुनावमा हारजितका लागि टोल कमिटीको भूमिका अहम् हुन्छ’, उनले भने, ‘त्यसैले तपाईँहरू निर्वाचनको तयारीमा डटेर लाग्नुहुन्छ भन्ने विश्वास छ।’
बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले पाँच वर्षमा आफूले विकासका थुप्रै काम गरेको दाबी गरे । ‘आउँदो निर्वाचन दलको परीक्षा हो । यही नै बहुदलीय व्यवस्थाको परिपाटी पनि हो। हामीले गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्छ, बुझाउनुपर्छ। निर्वाचन हाम्रा लागि परीक्षा हो’, मेयर खरेलले भने ।
एमालेका स्थानीय नेता रवि खड्काले आफूहरू स्थानीय तह चुनावको तयारीमा लागिसकेको बताए। भने, ‘११ वटा टोल कमिटीमध्ये हामीले ६ वटा टोल कमिटी बनाइसकेका छौँ । सबै टोलवासीलाई एक ढिक्का बनाएर चुनावको तयारी र पार्टीका उम्मेदवारलाई जिताउन लागेका छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved