हतियारसहित रुसको सामना गर्दै युक्रेनी नागरिक

रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई निरन्तरता दिएपछि युक्रेनले आफ्ना नागरिकहरूलाई हतियार बाँडेको छ।

नेपालभ्युज

हतियारसहित रुसको सामना गर्दै युक्रेनी नागरिक

एजेन्सी। रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई निरन्तरता दिएपछि युक्रेनले आफ्ना नागरिकहरूलाई हतियार बाँडेको छ। युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन्।
रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २ सय जनाको मृत्यु भइसकेको छ। एक हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव नभएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै राजधानी किभवासीलाई हतियार उपलब्ध गराएको छ। युक्रेनमा सबै युवालाई सैनिक तालिम अनिवार्य छ।
रुसी सेना युक्रेनमा आक्रमण गरेको दोस्रो दिनमै राजधानी किभ नजिकै पुगेका थिए। अहिले राजधानी किभ नजिकका क्षेत्रमा भीषण सङ्घर्ष जारी छ। राजधानी किभमा मेयरले कर्फ्यु जारी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved