एमसीसी र गठबन्धन जोगाउने बीचको बाटो खोजिरहेका छौँ : प्रचण्ड

प्रचण्डले भने, “एमसीसीको समस्या पनि समाधान होस् र वर्तमान सत्ता गठबन्धन पनि नटुटोस्। हामी त्यस्तो उपायको खोजीमा छौँ।”

नेपालभ्युज

एमसीसी र गठबन्धन जोगाउने बीचको बाटो खोजिरहेका छौँ : प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सत्ता गठबन्धन र अमेरिकी सहयोग परियोजना एमसीसी जोगाउने गरी बीचको बाटोको खोजीमा रहेको बताएका छन्।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनकारीहरुको गठबन्धन बन्न सक्ने देखिएकाले आफूहरु अहिलेको गठबन्धन जोगाउने अन्तिम उपायको खोजीमा रहेको बाताएका हुन्।

कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भनेर आफू लागेको बताउँदै प्रचण्डले संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै टुट्न नदिने प्रयासमा रहेको प्रष्ट पारे।

प्रचण्डले एमसीसीको समस्या पनि समाधान हुने गरी आफूहरु बीचको बाटोको खोजी रहेको बताए। उनले भने, “एमसीसीको समस्या पनि समाधान होस् र वर्तमान सत्ता गठबन्धन पनि नटुटोस्। हामी त्यस्तो उपायको खोजीमा छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved