ए डिभिजन लिग: अन्तिम चरणका खेल आजबाट

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा अन्तिम चरणका खेलहरू शुक्रबारबाट शुरु हुँदैछन्।

नेपालभ्युज

ए डिभिजन लिग: अन्तिम चरणका खेल आजबाट

काठमाडौं। सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा अन्तिम चरणका खेलहरू शुक्रबारबाट शुरु हुँदैछन्। प्रतियोगिताको विजेता र रेलिगेसन समीकरण पुरा भएकाले अबको प्रतिस्पर्धा भनेको माथिल्लो स्थानमा रहनका लागि मात्र हुनेछ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल यूथ क्लबले संकटासँग प्रतिस्पर्धा गर्दै छ। दिउँसो १ बजे हुने खेलमा जावलाखेलका लागि भन्दा संकटाका लागि यो खेल महत्त्वपूर्ण छ। सङ्कटा तीन अङ्क जोडेर अङ्क तालिका सुधारको प्रयासमा हुनेछ।
जावलाखेल १२ खेलमा १३ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ। सङ्कटा १२ खेलमा १५ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ। त्यसैले सङ्कटा आफ्नो अन्तिम खेलमा तीन अङ्क जोड्दै सक्दो माथि रहने प्रयास गर्ने छ। साथै अन्तिम खेललाई सुखद बनाउने लक्ष्य दुवै टीमको हुनेछ।
त्यस्तै शुक्रबारनै एन्फा कम्प्लेक्स सात दोबाटोमा हुने खेलमा थ्री स्टारले रेलिगेसन परिसकेको ब्रिगेड ब्वाइजसँग खेल्दै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved