महामन्त्री थापाले भने- सत्ता गठबन्धन धरापमा छ, तर चिन्ता छैन

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन्।

बिहीबार बानेश्वरस्थित संसद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सत्ता गठबन्धन धरापमा परेकाले गठबन्धन अघि बढ्ने अवस्थामा नरहेको बताए।

महामन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)लाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन सबै उपायमा छलफल गर्न तयार रहेको जानकारी दिए। भेटका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्ने विषय नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved