गृहले तयार पार्‍यो ‘औषधीय प्रयोग’मा गाँजा खुलाउने विधेयक

मन्त्रीस्तरीय निर्णय गरेर सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा सिफारिस

उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्रिवितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ। त्यो विधेयक कानून निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ।

नेपालभ्युज

गृहले तयार पार्‍यो ‘औषधीय प्रयोग’मा गाँजा खुलाउने विधेयक
फाइल तस्वीर ।

काठमाडौं। सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानून निर्माणको तयारी थालेको छ। गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो।

मन्त्रालयले विधेयक तयार पारेर १० फागुन मंगलबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्रिवितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ। त्यो विधेयक कानून निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ।

यो विधेयक कानून भएर आएपछि लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ। “लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज यो विधेयक कानून भएर आएपछि खुल्छ,” उपसचिव उपाध्यायले भने।

मन्त्रालयले केही दिन अघिमात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा ‘गाँजाको औषधीय प्रयोग’का लागि कार्यविधि तय गर्ने उल्लेख थियो। यो विधेयक कानून बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ।

काठमाडौं विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै संघ संस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved