पुटिनले गरे युक्रेनमा सैन्य कारबाहीको घोषणा

नेपालभ्युज

पुटिनले गरे युक्रेनमा सैन्य कारबाहीको घोषणा

एजेन्सी। रूसले युक्रेनमा विशेष सैन्य अपरेसन शुरू गरेको छ। पूर्वी युक्रेनस्थित डोनावस क्षेत्रमा विशेष सैन्य अपरेसन शुरू गरिएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन्।

यसअघि पुटिनले यश क्षेत्रमा विद्रोहीको कब्जामा रहेका दुई भूभागलाई स्वतन्र देशको मान्यता दिने घोषणा गरेका थिए। ती देशहरूको सहायताक लागि भन्दै युक्रेन छिरेको रूसले युक्रेनी सैनिकलाई हतियार छाड्न चेतावनी समेत दिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा हुने युद्धका लागि विश्वले रूसलाई जिम्मेवार ठान्ने बताएका छन्। उनले यस युद्ध लम्बिएमा ठुलो जनधनको क्षति हुने समेत बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिम्याय्र जेलेनेस्कीले यसअघि रूसी आक्रमण युरोपेली महादेशमा ठुल‍ो युद्धको थालनी हुनसक्ने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved