विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल सिफारिस

नेपालभ्युज

विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल सिफारिस

काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश श्रीकान्त पौडेललाई विशेष अदालतको अध्यक्षमा सिफारिस गरेको छ। पौडेल हाल काज उच्च अदालत पोखरा बाग्लुङ इजलासमा कार्यरत छन्।

बुधबार कामु प्रधान न्यायाधिस दीपक कुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले अध्यक्षमा पौडेल र ५ जना सदस्यसहित विशेष अदालतका लागि ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

सदस्यमा उच्च अदालत जनकपुर वीरगंज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरकी न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश डा. खुशी प्रसाद थारुको नाम सिफारिस भएको छ।

त्यस्तै, राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटन हाल उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश एवं विशेष अदालतका सदस्य रहेका अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटन हेटौँडा इजलासमा काज सिफारिस गरिएको छ। त्यस्तै, उच्च अदालत सुर्खेतका न्यायाधीश एवं विशेष अदालतका सदस्य नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved