जर्मनीद्वारा रुससँगको ग्यासलाइन परियोजना स्थगित

नेपालभ्युज

जर्मनीद्वारा रुससँगको ग्यासलाइन परियोजना स्थगित

काठमाडौं । जर्मनी र रुस जोड्ने संयुक्त ग्यासलाइन परियोजना नोर्ड ड्याम २ को प्रमाणीकरण प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थागित गरिएको घोषणा जर्मनीले गरेको छ। रुसले पूर्वी युक्रेनका दुई भूभाग डोनेट्स्क र जनगणतन्त्र लुहान्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिने घोषणा गरेपछि जर्मन सरकारले यस्तो निर्णय गरेको हो।

यी भूभागमा सुरक्षा सहायताका लागि भन्दै रुसले आफ्ना सैनिकसमेत तैनाथ गरेको छ। जवाफमा अमेरिका, युरोपेली यूनियन र बेलायतले रुसमाथि विभिन्न खाले प्रतिबन्ध लगाउने तयारी गरिसकेका छन्। यसको औपचारिक घोषणा मंगलबार हुने अपेक्षा गरिएको अलजजिरामा प्रकाशित समाचारमा उल्लेख छ।

रुसी विदेशमन्त्री सर्जेई लाभरोभले भने नाकाबन्दीसँग रुस अभ्यस्त भइसकेको भन्दै यस्तो धम्कीले केही नहुने प्रतिक्रिया दिएका छन्।

बढ्दो छ रुस–युक्रेन तनाव, किचलोमा परेको छ एउटा ग्यास पाइपलाइन

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved